भारतीय कमान्डर अभिनन्दनले फेरि विमान उडाउने

काठमाण्डु टुडे २०७६ वैशाख ७ गते १३:०९ मा प्रकाशित

एजेन्सी – भारतीय वायुसेनाका विंग कमान्डर अभिनन्दन वर्तमानले फेरि फाइटर जेट विमान उडाउने भएका छन् ।

हिन्दुतस्तान टाइम्सका अनुसार बेंगलुरुस्थित इन्स्टिच्युट अफ एरोस्पेस मेडिसिन ‘आइएएम’बाट अनुमति पाएपछि अभिनन्दनले फेरि विमान उडाउँनेछन् ।

३५ वर्षीया विंग कमान्डर अभिनन्दन आगामी हप्ता मेडिकल टेस्टमा जाने, त्यसपछि उनलाई विमान उडाउने अनुमति दिने निर्णय गरिने बताइएको छ ।

गत फेब्रुअरी महिनामा पाकिस्तानी वायुसेनाले आक्रमण गरेर भारतीय युद्धक विमान खसाउँदा अभिनन्दन पाकिस्तानी भूमिमा पक्राउ परेका थिए । त्यसको केही दिनमै पाकिस्तान सरकारले उनलाई रिहा गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us