शनिबारको मौसमबारे विभागबाट आयो यस्तो खबर

काठमाण्डु टुडे २०७६ वैशाख ७ गते १२:४९ मा प्रकाशित

काठमाण्डु, ७ बैशाख – देशका पहाडी क्षेत्रका केही स्थानमा शनिबार मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।

पहाडी क्षेत्रबाहेक अन्य ठाउँको मौसम भने सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भेगका केही स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्याङसहित वर्षाको संभावना छ ।

यस्तै, राति देशको पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौमस सफा रहनेछ । पहाडी भेगका एक वा दुई स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको मौसम विज्ञानको अनुमान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us