
काठमाण्डु, ५ बैशाख – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणबोरे छानविनका लागि विमान खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीहरुलाई बयानका लागि बोलाएको छ ।
दोस्रोपटक सूचना जारी गर्दै अख्तियारले आयरल्यान्डको हाईफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेशनल, जर्मन एभियन क्यापिटल जीएमबीएम र पोर्चुगलको हाई फ्लाइ एयरलाइन्स,र जर्मनीको नर्टन रोज फुलब्राइट कम्पनीका प्रतिनित्रिधलाई बयानका लागि बोलाएको हो ।
बिहीबार सूचना जारी गर्दै अख्तियारले ७ दिनभित्र आफ्नो कार्यालयमा उपस्थित हुन भनेको छ । यदी तोकिएको समयभित्र बयानका लागि नआए कानूनी रुपमा नै प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ ।
नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी विमानका ४ अर्ब भ्रष्टाचार भएको लेखा सकितिको प्रतिवेदनका आधारमा अख्तियारले छानविन गरिरहेको छ । यस क्रममा उसले खरिद प्रक्रियमा संलग्न निगमको सञ्चालक समितिका पूर्व पदाधिकारी, निगमका कर्मचारी लगायतसँग बयान लिएको छ ।
अब अख्तियारले विमान खरिदमा विभिन्न किसिमबाट संलग्न भएका कम्पनीसँग पनि बयान लिन सुरु गरेको हो । निगमले विमान खरिदका लागि अमेरिकी एएआर कम्पनीलाई छनोट गरेको थियो ।
तर, सम्झौताका समयमा पहिल्यै नै विमान अर्डर गरिसकेको भनिएको हाई फ्लाइ पनि यो प्रक्रियमा संलग्न भयो । जसका कारण यो विमान खरिद प्रकराण्मा अनियमितता भएको आशंका छ ।
संसदको लेखा समितिले भ्रष्टाचार भएको ठहर गर्दै थप अनुसन्धानका लागि अख्तियारलाई फाइल सुम्पिएको छ ।