पूर्वसांसद यादव पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते १३:३९ मा प्रकाशित

काठमाण्डु, ५ बैशाख – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसांसद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता समेत खोलेको पाइएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उनले नक्कली उपभोक्ता समिति बनाएर सरकारी छाप किर्ते गरेको थाहा पाएपछि नेता यादवलाई पक्राउ गरेको हो । उनको बारेमा थप अनुसन्धान भइरहेको छ । यादवमाथि सरकारी छाप किर्ते गरेको आरोपमा मुद्दा चलाउने प्रहरीले बताएको छ ।

सभासद् भएको बेलामा उनी रातो पासपोर्ट दुरुपयोग गरेको आरोपमा पनि पक्राउ परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us