
काठमाण्डु, ४ बैशाख – प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदित भएका छन् । आज सिंहदरबारस्थित सुनुवाई समितिको हलमा भएको बैठकले थपलियालाई सर्वसम्मत अनुमोदन गरेको हो ।
सभापति लक्ष्मणलाल कर्णको उपस्थितिमा थपलियालाई सांसदहरुले भावी योजनाबारे प्रश्न गरेका थिए । समितिमा थपलियाले १० वटा कार्ययोजना पेश गरेका थिए ।