
एजेन्सी – थाइल्यान्डको एक कुकुरले समुन्द्रमा लगातार २ सय २० किलोमिटर पौडी खेलेको छ । गल्फ अफ थाइल्यान्डमा रहेको तेल खानीमा काम गर्ने कामदारले उक्त कुकरलाई भेटेका हुन् ।
तेल खानीमा कार्यरत भिटिसक पायालका अनुुसार अप्रिल १२ मा कुकर मानववस्तीदेखि निकै टाढाको तेल खानीमा आइपुगेको थियो ।
कुकुर त्यहाँसम्म बगेर आइपुगेको हुनसक्ने आशंका गरिएको छ । आफूहरु सुरुवातमा त्यस टाढाको क्षेत्रमा कुकुर देख्दा अचम्ममा परेको पायालले बताए । ‘कुकुर निकै कमजोर र जाडोलेग्रस्त थियो’ उनले भने ।
पानीमै रहेको कुकुरलाई आफुहरुले बचाएको पायालको भनाइ छ । यतिबेला कुकुरलाई पशु अधिकारकर्मीको जिम्मा लगाइएको छ ।