बेरोजगार भएको भन्दै अन्दाधुन्दा छुरा प्रहार, ५ को मृत्यु १३ घाइते

काठमाण्डु टुडे २०७६ वैशाख ४ गते १४:५४ मा प्रकाशित

एजेन्सी – दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ ।

यसरी मारिनेमा सर्वसाधारण नागरिक परेका छन् । त्यस्तै अरु १३ जना छुरा प्रहारबाट गम्भिर घाइते भएका छन् । घाइते हुनेमा बालबालिका पनि रहेका छन् ।

एकजना स्थानीयले अपार्टमेन्टमा आगो लगाएको र आगो लागेपछि भाग्ने क्रममा उनले भाग्न खोज्ने नागरिकलाई छुरा हानेको बताइएको छ ।

अपार्टमेन्टको चौथो तल्लामा ती ४२ वर्षीय व्यक्ति बस्दै आएका थिए । उनले अपार्टमेन्टको आफू बसिरहेको तल्लामा आगो लगाएर भागेका थिए ।

उनी भाग्ने क्रममा सो अपार्टमेन्टको भूईतल्लाको प्रतिक्षालयमा बसिरहेका मानिस भाग्न खोजेका र भाग्ने क्रममा उनीहरुमाथि नै छुरा हानिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अपार्टमेन्टमा लागेको आगो करिब २० मिनेटपछि निभाइएको थियो । ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको थियो । बेरोजगार भएका कारण उनी दुखी भएको बताइएको छ । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us