हुम्लाकाे सिमकोट विमानस्थलबाट उडान सेवा बन्द !

काठमाण्डु टुडे २०७६ वैशाख ४ गते १३:५७ मा प्रकाशित

हुम्ला, ४ बैशाख – लगातारको वर्षापछि हुम्लामा हवाइ सेवा बन्द भएको छ । मंगलबार बिहानदेखि लगातार वर्षा भएपछि सिमकोट विमानस्थलमा उडान भर्ने निजी वायु सेवाका जहाजहरुले उडान सेवा बन्द गरेका छन् ।

२ दिनसम्म उडान नभर्दा सिमकोट विमानस्थलमा आउने–जाने यात्रु अलपत्र परेका छन् । हवाइ सेवा बन्द हुँदा जिल्ला अस्पतालबाट थप उपचारका लागि रिफर भएका बिरामी थप मारमा परेका छन् ।

वर्षाका कारण चिसो अत्याधिक बढेकाले सदरमुकाम सिमकोटको चहल पहल शून्य भएको छ । सदरमुकाम सिमकोट बजार हिलाम्मे हुँदा मानिसहरुलाई आवत–जावतमा पनि समस्या भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us