काठमाण्डु, ४ बैशाख – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको गुट, उपगुट महाधिवेशनबाट अन्त्य हुने बताएका छन् ।
कञ्चनपुरको टीकापुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले पार्टीभित्र नेतृत्वप्रति आलोचना हुने गरेको र गुट, उपगुट रहेकोप्रति संकेत गर्दै देउवाले १४ औं महाधिवेशनबाट गुट अन्त्य हुने बताए ।
उनले भने, ‘पार्टीभित्रबाटै विरोधका आवाज सुनिएका छन्,’ ‘सभापतिलाई महाधिवेशनको मुखमा आएर नराम्रो भन्ने नै भए नि । जसलाई पनि सभापति लड्न छुट छ । विरोध गर्नुपर्दैन संगठन राम्रो बनाउनुहोस् ।’ उनले महाधिवेशन नजिकिएकोले आफूविरूद्ध पार्टीभित्र आलोचना भएको बताए ।
अबको महाधिवेशनले पार्टीलाई एक बनाएर लैजाने उनले बताए । नेपाल विद्यार्थी संघले छिटै नेतृत्व पाउने दाबी गरेका उनले तरुण दललगायत भातृ संगठनलाई पनि सुधार गरिने बताए।