
एजेन्सी – भारतका विभिन्न ठाउँमा आएको हावाहुरीका कारण ४० जनाभन्दा बढीको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमाचल, हरियाणा तथा नयाँ दिल्लीमा हावाहुरीसँगै भीषण वर्षा भएको हो । हावाहुरी र वर्षाले बिद्युतका पोलहरु ढलेका छन् ।
हावाहुरीको असर गुजरात, राजस्थान र मध्यप्रदेशमा बढी परेको छ । यी राज्यमा मात्रै ३४ जनाको मृत्यु भएको छ । भारतीय मौसम विभागले बिहीबारसम्म मौसम यस्तै रहने जनाएको छ ।
यता प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित सबै राज्यमा उद्दार कार्यलाई तीब्रता दिन निर्देशन दिएका छन् । उनले ट्वीटरमार्फत मृतकका परिवारलाई २ लाख र घाइतेलाई प्रतिब्यक्ति ५० हजार सहयोगको घोषणासमेत गरेका छन् । उक्त हावाहुरीबाट ५० जनाभन्दा बढी घाइते भएका छन् ।