काठमाण्डु, १ वैशाख – सर्लाहीमा लालबन्दीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
काठमाण्डुबाट सुनसरीका लागि छुटेको बा२ख १३१८ नम्बरको रिजर्भ बस सर्लाहीको नवलपुरमा अनियन्त्रित भएर होडिङबोडमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनास्थमै मृत्यु भएको सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।
मृत्यु हुनेमा सुनसरी रामधुनी नपा ९ का श्रीकान्त चौधरी, मोरङ बुढीग्रगा गापा ६ का २२ बबी उराउ र दुहबी नगरपालिका २ का अनिल उराउ रहेका छन् ।
चालक र सहचालकसहित ३७ जना सवार बसमा रहेका मध्ये पाँच जनालाई उपचारका लागि विराटनगर पठाइएको र अन्य सामान्य घाइते रहेको राठौरको भनाइ छ ।