नेपाली नयाँ वर्षमा अमेरिकाको शुभकामना

काठमाण्डु टुडे २०७६ वैशाख १ गते ११:०७ मा प्रकाशित

काठमाण्डु, १  बैशाख – नेपालीहरुको नयाँ वर्ष विक्रम सम्वत् २०७६ सालको अवसरमा अमेरिकाले नेपाललाई शुभकामना दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता मोगार्न ओर्टागुसले ट्वीटरमार्फत एक सन्देश जारी गर्दै विश्वभर रहेका नेपालीलाई नयाँ वर्षको उल्लासपूर्ण शुभकामना व्यक्त गरेकी हुन् ।

उनले भनेकी छन्, ‘हामी दुई देशहरुको मित्रता इतिहास लामो छ । भविष्यका खातिर स्वतन्त्र र खुला व्यवस्था साझा स्वार्थको रुपमा रहँदै आएको छ’ ।

अमेरिकास्थित जोशिलो नेपाली डायस्पोरा दुई देशबीचको त्यो सम्बन्धको एउटा प्रमाण रहेको ओर्टागुसले उल्लेख गरेकी छिन् ।

‘यो नयाँ वर्षमा नेपालसँग क्षेत्रीय र ग्लोबल मुद्दाहरुमा अझ गहिरो सहकार्य हुने अपेक्षा गर्दछौं’, उनले भनेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us