फ्रान्सेली राष्ट्रपतिलाई नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाण्डु टुडे २०७५ चैत ३० गते १३:०० मा प्रकाशित

फ्रान्स, ३० चैत – फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले शुक्रबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।फ्रान्सेली राष्ट्रपति इम्यान्युअल क्याक्रोनसमक्ष राजदूत अधिकारीले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

त्यस अवसरमा राजदूत अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट राष्ट्रपति म्याक्रोनका साथै फ्रान्सेली जनताको प्रगति र समृद्धिको कामना गरेका थिए ।

जवाफमा राष्ट्रपति म्याक्रोनले राष्ट्रपति भण्डारी र नेपाली जनताको सुख समृद्धिको कामना गरेका थिए ।

त्यसक्रममा राजदूत अधिकारीले नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको यसैबर्ष ७० बर्ष पुगेको बताउँदै त्यस अवसरमा विविध कार्यक्रम गरी मनाइने जानकारी गराएका थिए ।

जवाफमा राष्ट्रपति म्याक्रोनले दुई देशबीच बृद्धि हुँदै गएको सुमधुर सम्बन्धप्रति खुसी व्यक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us