अमेरिकामा के पढ्दैछन गगन थापा ?

काठमाण्डु टुडे २०७५ चैत १४ गते १०:३२ मा प्रकाशित

काठमाण्डु, १४ चैत्र – नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापा अमेरिका पुगेका छन् ।

थापा सोमबार राति काठमाण्डुबाट अध्ययनका लागि अमेरिका पुगेका हुन् । थापाले हार्वड विश्वविद्यालयमा ‘ग्लोबल लिडरसिप एण्ड पब्लिक पोलिसी’ विषयमा अध्ययन गर्ने जनाइएको छ ।

दुई साताका लागि उनी अमेरिका पुगेका हुन् । सो कोर्षका लागि उनी गतवर्ष नै छनोट भएको भए पनि कार्यव्यस्तताका कारण अहिले अमेरिका पुगेको उनको सचिवालयले जनाएको छ । थापा अमेरिका पुगेर अध्ययन थालिसकेको उनले आफ्नो फेसबुकमार्फत जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us