शेयर बजारः दोहोरो अङ्कले घट्यो

काठमाण्डु टुडे २०७५ फागुन १२ गते १५:५६ मा प्रकाशित

काठमाण्डु, १२ फागुन – लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.७५ विन्दुले घटेर एक हजार १०२.३२ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।४२ विन्दुले घटेर २३४.१८ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६६ कम्पनीको छ लाख ९८ हजार ५४२ कित्ता शेयर रु २० करोड ९९ लाख ९७ हजार ५६९ बराबरको खरीद बिक्री भएको छ । कारोवार भएका कूल दश उपसमूह मध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर बढेको छ । सो उपसमूहको शेयर ३३.२ विन्दुले बढेको छ ।

बैंकिङ ९.०१, होटल १९.१३, विकास बैंक ५.२६, जलविद्युत् ९.३२, वित्त ०.६७, निर्जीवन बीमा ६९.२, अन्य १०.९७, लघुवित्त २०.७२ र जीवन बीमा ६१ विन्दुले घटेको छ ।

स्टकका अनुसार युनिलिभर नेपाल लिमिटेडका शेयरधनीले ४.०३ प्रतिशतले कमाएका छन् । यस्तै एक्सल डेभलपमेन्ट बैंक ३.९९, एनएमबी हाइब्रिड फण्ड ३.२१, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका शेयरधनीले २.११ प्रतिशतले कमाएका छन् । यस्तै, किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ७.५४ प्रतिशतले गुमाउँदा भार्गव विकास बैंक ६.६६, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ६.०७, घलेम्दी हाइड्रो लिमिटेड ४.८८, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था ४.३१, ओरेण्टल होटल लिमिटेड ४.१६, खानीखोला हाइड्रो पावर कम्पनीका शेयरधनीले चार प्रतिशतले गुमाएका छन् ।

कारोबारका आधारमा आज एनआइसी एसिया बैंकको रु एक करोड ३७ लाख ३१ हजार २९९, नबिल बैंकको रु एक करोड २३ लाख ८२ हजार, शिखर इन्स्योरेन्स कम्पनीको रु एक करोड तीन लाख ६३ हजार बराबरको कारोवार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us