बुद्ध एयरद्वारा काठमाण्डु–कलकत्ताको भाडादर सार्वजनिक

काठमाण्डु टुडे २०७५ फागुन १ गते १२:५६ मा प्रकाशित

काठमाण्डु, १ फागुन – निजी क्षेत्रको हवाई सेवाप्रदायक बुद्ध एयरले काठमाण्डु–कलकत्ता उडानका लागि भाडादर सार्वजनिक गरेको छ ।

एयरलाइन्सकाअनुसार यो सेक्टरको दुईतर्फी भाडा २४ हजार कायम गरिएको छ । यसमा एकतर्फीमात्र टिकट काट्दा भने फरक पर्न आउने एयरलाइन्सले जानकारी दिएको छ ।

जेट विमानबाट अन्तराष्ट्रिय उडानमा प्रवेश गर्ने योजनाअनुसार बुद्धले पहिलोचरणबाट एटिआर ७२ जहाजबाट परीक्षण उडान शुरु गर्न लागेको हो । आन्तरिक बजारको अग्रणी एयरलाइन्सले हाल काठमाडौंबाट भारतकै बानारसी उडान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us