सुनको मूल्य घट्यो

काठमाण्डु टुडे २०७५ माघ २४ गते १२:२३ मा प्रकाशित

काठमाण्डु, २४ माघ – बिहीबार (आज) सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ । बिहीबारका लागि सुनको मूल्य प्रतितोला ६२ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us