घरको छतबाट खसेको रडले लागेर वडा सदस्यको मृत्यु

काठमाण्डु टुडे २०७५ माघ २१ गते १२:०३ मा प्रकाशित

बनेपा, २१ माघ – काभ्रेपलान्चोकको महाभारत गाउँपालिका वडा नं. ४ का वडा सदस्यको छतबाट निर्माण सामग्री खस्दा टाउकोमा लागेर मृत्यु भएको छ । धुलिखेलको सरस्वती बजारमा निर्माण भैरहेको घरको तेस्रो तल्लाबाट ढलान गर्न प्रयोग हुने रड खसी वडा सदस्य दिपकबहादुर थापाको टाउकोमा लागेको हो ।

धुलिखेल अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डुस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा थापाको निधन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

धुलिखेल नगरपालिका–७ को निर्माणधीन घरधनी सुवर्णकाजी श्रेष्ठ रहेको र घर निर्माणको जिम्मा पाएका ठेकेदार रवि अवाल रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उक्त घरमा काम गर्ने केही कामदारहरूलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us