न्यूयोर्कमा दशौं हजार महिलाको प्रदर्शन

काठमाण्डु टुडे २०७५ माघ ६ गते १४:३३ मा प्रकाशित

न्यूयोर्क, ६ माघ – चिसो हावाको चुनौती सहँदै दशौँ हजार महिलाले अमेरिकाको न्यूयोर्कमा बृहत प्रदर्शन गरेका छन् ।


महिला अधिकार र लैङ्गिक असमानता अन्त्यलगायतका माग राख्दै उनीहरुले शनिबार प्रदर्शन गरेको समाचारमा जनाइएको छ । वार्षिक देशव्यापी कार्यक्रम अन्तर्गत उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शन गर्नुपूर्व उनीहरु स्थानीय समयानुसार बिहान ११ बजेको आसपासमा म्यानह्याटनको पश्चिमतर्फ भेला भएका थिए । प्रदर्शनमा सहभागी हजारौँले आफैँ बनाएका फरक–फरक पोस्टर तथा ब्यानरहरु प्रदर्शन गर्नुका साथै विभिन्न नारा लगाएका थिए ।

उनीहरुले व्यानर, पोष्टर र नारामा लैङ्गिकतासम्बन्धी र मुलुकमा भइरहेको अन्याय सम्बन्धी विषयलाई उठाएका थिए ।

‘महिलाहरुको नयाँ अवस्था र भविष्यका लागि म प्रदर्शनमा सहभागी भएको हुँ,’ १७ वर्षीया इमिली बाल्टरले भनिन् ।

स्थानीय जेनिफर एडिसनले पनि महिला अधिकारका लागि आफूहरु सङ्घर्षमा रहेको बताइन् । म्यानह्याटनबाट सुरु भएको प्रदर्शनमा एक हजार पाँच सय सहभागी भएका थिए ।

सन् २०१७ को जनवरीमा पहिलो महिला ¥याली आयोजना गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथग्रहण समारोह भइरहेका बेला दबाब दिनका लागि त्यतिबेला पहिलो पटक महिलाहरुले ¥यालीको आयोजना गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us