कंगो निर्वाचनः अदालतको यस्तो आदेशले प्रतिपक्षीलाई झट्का

काठमाण्डु टुडे २०७५ माघ ६ गते १०:३८ मा प्रकाशित

एजेन्सी । कंगोमा राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै प्रतिपक्षीले अदालतमा गरेको अपिल खारेज भएको छ ।

नेता फेलिक्स सिसेकेडीको जितको नतिजा तत्काल सार्वजनिक गर्न रोक लगाउने विपक्षीको प्रयास विफल भएको हो । निर्वाचन आयोगले धाँधली गरेको प्रमाणित गर्न पर्याप्त कारण नरहेको अदालतको आदेशमा उल्लेख छ ।

नेता फेलिक्सले जित हात पारेको दाबी गरेपनि हालको प्रशासन विरोधी मार्टीन फायुलुले आफुले जितेको दाबी गरेका छन् । हालका राष्ट्रपति जोसेफ कबिल र राष्ट्रपतिका प्रत्यासि फेलिक्सबीच शक्ति बाँडको सम्झौताका कारण निर्वाचनमा धाँधली भएको आंशकामा अफ्रिकन युनियनले समेत निर्वाचनको नतिजा तत्काल सार्वजनिक नगर्न आग्रह गरेको थियो । गत डिसेम्बर ३१ मा भएको निर्वाचनको नतिजा प्रति अफ्रिकन युनियनले गम्भीर चासो व्यक्त गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us