म्यानचेस्टर युनाइटेडको अपराजित यात्रा कायमै

काठमाण्डु टुडे २०७५ पुष ३० गते १०:३३ मा प्रकाशित

एजेन्सी । टोटनह्यामलाई उसकै मैदानमा १–० गोलले हराउँदै इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले अपराजित यात्रा कायम राखेको छ । आइतबार राती आफ्नो छैठौं खेलमा विजयी भएसँगै म्यानचेस्टरले लगातार ६ खेलमा जित निकालेको हो ।

टोटनह्यामविरुद्ध म्यानचेस्टरको जितमा मार्कस रासफोर्डले ४४ औं मिनेटमा गोल गरे । मार्कसको १ मात्र गोल नै जितका लागि निर्णायक बन्यो ।

जितसँगै छैटौं स्थानको म्यानचेस्टरको २२ खेलबाट ४१ अंक पुगेको छ । तेस्रो स्थानको टोटनह्यामको २२ खेलबाट ४८ अंक छ । आइतबार रातीको अर्को खेलमा एभर्टनले बोर्नमाउथलाई २–० ले पराजित गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us