
काठमाण्डु, २९ पुस – प्रधान सेनापति पूर्णचन्द्र थापालाई शनिबार भारतका राष्ट्रपति रामनाथ कोबिन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
भारतको राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा यो दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । साथै भारतीय राष्ट्रपतिको आधिकारिक ट्विटर ह्याण्डल ‘प्रेजिडेन्ट अफ् इन्डिया’ बाट अंग्रेजी र हिन्दीका साथै नेपाली भाषामा पनि ट्वीट गरिएको छ ।
ट्वीटरमा लेखिएको छ, ‘नेपालका सेनापति श्री पूर्णचन्द्र थापालाई राष्ट्रपति कोबिन्दले नेपाली सेनामा उहाँले गर्नुभएको योगदान । नेपालको भारतसँगको सम्बन्धको प्रगाढताको लागि दिनुभएको योगदानको सम्मान गर्दै भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गर्नुभयो ।’
नेपाली तथा भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ ।