संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा अमृत राई नियुक्त

काठमाण्डु टुडे २०७५ पुष २४ गते १३:२५ मा प्रकाशित

काठमाण्डु, २४ पुस – सरकारले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा अमृत राईलाई नियुक्त गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव राईलाई केही दिन अघिमात्र सरकारले दक्षिण अफ्रिकाको राजदूतबाट फिर्ता बोलाएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले राईलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि बनाउने निर्णय गरेको हो । राष्ट्रसंघको स्थायी प्रतिनिधिमा यसअघि परराष्ट्र मन्त्रालयका सचिव जाने प्रचलन थियो ।

तर सचिव शंकरदास बैरागीले आफू पूरै कार्यकाल सचिवकै भूमिकामा रहने इच्छा व्यक्त गरेपछि राईले अवसर पाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा राईलाई न्यूयोर्कको स्थायी प्रतिनिधि बनाइएको स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us