किन बढ्दैछ रुद्राक्षको माग ?

काठमाण्डु टुडे २०७१ पुष १६ गते ५:५७ मा प्रकाशित

म्याग्दी, १६ पुस–हिन्दूहरुको धार्मिक आस्थाका रुपमा रहेको रुद्राक्षले अलौकिक शक्ति प्रदान गर्नुका साथै आयुर्वेदिक औषधिमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने थाहा पाएपछि यसको माग बढ्दै जान थालेको छ ।

index
धार्मिक अवसरमा रुद्राक्षको माला धारण गर्ने, जपतप आदि गर्दा पनि रुद्राक्षको धारण गर्ने प्रचलन रहेको छ तर औषधिका रुपमा पनि यसको प्रयोग हुन्छ भन्ने विषयमा अधिकांश मानिस अनभिज्ञ छन् ।

रुद्राक्ष धारण गरे विभिन्न प्रकारका रोगबाट मुक्ति पाउन सकिने भएकाले यसलाई आयुर्वेदमा दिव्य औषधिसमेत भन्ने गरिएको हो । रुद्राक्ष अलौकिक गुणले सम्पन्न भएकाले वनस्पतिको ‘मणि’ भनेर यसको उपयोगिता बहुमूल्य रत्न, हीरा, पन्ना र मोतीभन्दा कम नरहेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

धार्मिक पुस्तकमा रुद्राक्षको बोटलाई पञ्चाङ्गका रुपमा वर्णन गरिएको छ । जसअनुरुप मूल, पुष्प, फल, शाखा र पात यी सबैको धार्मिक कृत्य तान्त्रिक अनुष्ठान र रोग उपचारमा प्रयोग गरिन्छ । रुद्राक्षको धारण गर्नाले नै कतिपय रोग निको हुने आयुर्वेदका चिकित्सकले बताएका छन् ।

महिलाले छ मुखे रुद्राक्ष धारण गरेमा हिस्टोरिया, मुच्र्छा र प्रदररोग निको हुने चिकित्सकले बताएका छन् ।

वनस्पति शास्त्रमा रुद्राक्षको बोट उभ्रासन एलियोकार्पसी वंशअन्तर्गत पर्दछ । नेपालमा उच्चकोटीको रुद्राक्ष उत्पादन फल्ने जिल्ला वन कार्यालय म्याग्दीका रेन्जर चन्द्रमणि सापकोटाले बताए ।

महादेवको अर्को नाम रुद्र पनि हो । भगवान् महादेवको अश्रु पृथ्वीमा खसेपछि जुन बोटको उत्पत्ति भयो त्यसको नामाकरण रुद्राक्ष गरिएको धार्मिक ग्रन्थ देवी पुराणमा उल्लेख छ ।

रङ्गभेदको आधारमा रुद्राक्ष चार किसिमको हुने गरेको धार्मिक ग्रन्थ विद्येश्वर संहितामा उल्ल्लेख गरिएको छ । उक्त संहिताका अनुसार रुद्राक्ष सेतो, रातो, पहेँलो र कालो गरी चार रङका हुन्छन् । देवी भागवत पुराणमा ३८ प्रकारका रुद्राक्षका बारेमा वर्णन गरिएको पण्डित रङ्गराज शास्त्रीले जानकारी दिए ।

अधिकांश बोटमा पाँचमुखे फल्छन् भने अन्य प्रकारका रुद्राक्ष नगण्य रुपमा फल्ने गरेको बताइन्छ । वर्षायाममा फल लाग्न सुरु भएपछि कात्तिक महिनामा यो पाक्छ । फलको भित्री भागलाई रुद्राक्ष भनिन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us