पर्सा, १६पुस–चिसोले कठ्याङ्ग्रिएर पर्सामा एक वृद्धाको मृत्युभएको छ ।

चिसोले कठ्याङ्ग्रिएर पटेर्वा सुगौली गाविस ६ पथरैयाकी ६५ वर्षीया सुखनीदेवी थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ ।
अत्यधिक चिसोका कारण पर्सासहित यस आसपासका जनजीवन पछिल्ला दिनमा निकै कष्टकर बन्दै गइरहेको छ ।
शीतलहरका कारण विशेषगरी यहाँका बालबालिका र वृद्धवृद्धा बढी मारमा परेका छन् । शीतलहरकै कारण यहाँको विद्यालय पनि एक साताका लागि बन्द गरिएको छ । रासस