नेपालका मूर्ति चोरीमा भारतीय संलग्न रहने गरेको खुलासा

काठमाण्डु टुडे २०७१ पुष १६ गते ४:३९ मा प्रकाशित

moortiइलाम, १६ पुस– इलाका प्रहरी कार्यालय पशुपतिनगरले भन्सार प्रज्ञापनपत्र नबनाई अवैध रूपमा भन्सार छली भारत भित्र्याउन लागेको अवस्थामा पशुपतिनगर–४ बाट छ थान तामाका विभिन्न मूर्तिसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भन्सार छली मूर्ति भारततर्फ लैजाने क्रममा जाँच गर्ने क्रममा दार्जिलिङ–लोबेमा–२ ग्रामपञ्चायत निवासी ३२ वर्षीय छिरिङ शेर्पासहित रु एक लाख ९७ हजार मूल्य बराबरका छ थान मूर्ति पक्राउ गरेको जानकारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए ।

गुरु रिम्पोछेको तामाले बनेको एक थान ठूलो मूर्ति, गुरु चरेसीको तामाले बनेको पँहेलो मूर्ति, बुद्धको तामाले बनेको सानो मूर्ति गरी छ थान बरामद गरिएको हो । बरामद गरिएका मूर्तिसहित शेर्पालाई मङ्गलबार नै पशुपतिनगर भन्सार कार्यालय बुझाइएको थापाले जानकारी दिए ।

ती मूर्ति कहाँबाट ल्याइएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us