
एजेन्सी– आइतवार विहान देखि सम्पर्क बीहिन भएको एयर एसियाको एयर बस क्युजेड ८५०१ लाई खोज्न इन्डोनेशिया र सिंगापुरका फौजी विमानलाई खटाइएको छ ।
खटाइएका फौजी विमानहरुले इन्डोनेशियाको जावा सागरमा विमानलाई खोजी गरि रहेका छन् । इन्डोनेशियाको सुराबाया शहरबाट सिंगापुरका लागि उडेको विमान स्थानिय समय अनुसार विहान ७ बजे देखि सम्पर्क विहिन भएको थियो ।
विमानमा ६ जनालाई छाडेर बाँकी सबै इन्डोनेशियाका छन् । छ मध्ये दक्षिण कोरियाका तीन, फ्रान्स र मलेसिया र सिंगापुरका एक–एक यात्रु सवार रहेको विमान कम्पनीले जनाएको छ ।
विमानमा एक सय ६२ यात्रु तथा चालक दलका सात सदस्य रहेका छन् । एयर एसिया इन्डोनेशियाले विमानमा रहेका यात्रुहरुको आफन्तका लागि आपतकालिन हट लाइन सेवा शुचारु गरेको छ ।
उसले +६२२ १२९ ८५० ८०१ नम्बरमा फोन गरेर जानकारी लिन र दिन यात्रुका आफन्तहरुलाई आग्रह गरेको छ ।