मुम्बईमा जलेर ८ नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७१ पुष १३ गते २:१४ मा प्रकाशित

काठमाण्डु, १३ पुस– मुम्बईको भिवन्डी सहरस्थित काठ गोदाममा शनिबार बिहान भएको आगलागीमा परेर कपिलवस्तुका आठ नेपालीको मृत्यु भएको छ ।
 सख्त घाइते तीन जनाको उद्धारपछि उपचार भइरहेको छ । मृत्यु भएका पााच जना र खस्त घाइते भएका तीन जना एकै गाउँका हुन् ।

ज्यान गुमाउनेमा एकै घरका दाजुभाइ समेत छन् । खबरले गाउँ पुरै शोकमग्न छ । आर्थिक अवस्था कमजोर भएका उनीहरु रोजगारीका लागि त्यहाँ गएका थिए । उनीहरु ज्यालादारी हैसियतमा काम गर्दै आएका थिए ।
मुम्बईस्थित नेपाली श्रम युनियनका अध्यक्ष मास्टर थापाका अनुसार मुम्बई सहरबाट १५ किमी टाढाको भिवन्डी सरहमा रहेको औसतस्तरको काठ गोदामको सानो झुप्रोमा सुतिरहेका उनीहरु बिहान करिब तीन बजे लागेको आगोमा जलेका हुन् ।

ज्यान गुमाउनेमध्ये चौरी चौहान, गणेश चौहान, मुन्नीलाल अहिर, मुरली मुराउ र सयल रैदास एउटै गाउा कुशहवा–५ सतभराका हुन् ।
अन्य तीन जना तिलकराम, अजय र निरज भने कपिलवस्तुकै अर्को गाउाका हुन् ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us