विरोधका कार्यक्रम फिर्ता लिन प्रचण्डलाई महासंघको आग्रह

काठमाण्डु टुडे २०७१ पुष १२ गते ७:४४ मा प्रकाशित

काठमाण्डु, १२ पुस, नेपाल अद्योग वाणिज्य महासंघने प्रचण्ड नेतृत्वको मोर्चालाई विरोधका कार्यक्रम नगर्न आग्रह गरेको छ ।

 

nepal-udhyog-banijya-mahasangh3
प्रचण्ड निवास पुग्दै शनिबार महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेसहितको टोलीले माघ ८ मै संविधान ल्याउन माग गर्दै विरोधका कार्यक्रम नगर्न आग्रह गरेको हो ।
भेटमा अध्यक्ष पाण्डेले निर्धारित समयमै संविधान आए देशको औद्योगिक क्षेत्रमा विकास हुने भन्दै यसतर्फ सचेत रहन आग्रह गरेको गरेका थिए ।
प्रचण्डले यस विषयमा दलिय मोर्चामा छलफल गर्ने बताउदै संविधान निर्माणकै लागि दलहरुलाई दवाव दिने उद्घेश्यले विरोधका कार्यक्रम घोषणा गरिएको बताएका थिए । साथै उनले एमाओवादी निजी क्षेत्रको विकासमा सकारात्मक भएको र त्यसका लागि सहयोग समेत गर्ने बताएको जानकारी दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us