सुशील भेट्न एकाबिहानै बालुवाटार पुगे प्रचण्ड

काठमाण्डु टुडे २०७१ पुष १२ गते ६:४४ मा प्रकाशित

काठामाण्डु, १२ पुस–प्रधानमन्त्री सुशील कोइराला र एनेकपा माओवादीका अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भेटवार्ता भएको छ ।

prachanda-sushil
प्रधानमन्त्री निवास बालुवाटारमा करिब २० मिनेट भएको भेटवार्तामा दुई नेताबीच संविधान निर्माणमा देखिएको जटिलताका विषयमा कुराकानी भएको थियो ।
प्रचण्डका सहयोगी शिव खकुरेलका अनुसार भेटमा संविधान निर्माणका क्रममा उत्पन्न विवाद समाधान गरी निकास दिन भन्दै प्रमुख चार शक्तिद्घारा गठित कार्यदलको काम कारबाहीबारे छलफल भएको थियो ।
प्रमुख तीन दल र मधेसी मोर्चाले विावाद समाधानको उपाए पहिल्याउने जिम्मेवारीसहित बिहीबार चार सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलले शुक्रबारदेखि नै आफ्नो काम थालिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us