समयमै संविधान निर्माण गर्न प्रचण्डलाई पापडको आग्रह

काठमाण्डु टुडे २०७१ पुष १२ गते ३:२१ मा प्रकाशित

काठमाण्डु, १२ पुस– शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल पापडले समयमै संविधान ल्याउनका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई आग्रह गरेको छ ।

prachanda
समयमै संविधान निर्माणका लागि दबाब दिन आज बिहान प्रचण्ड निवास पुगेका पापडका प्रतिनिधिहरुले यस्तो आग्रह गरेका हुन् ।
समयमै संविधान निर्माणका लागि पापडले दबाब अभियान सुरु गरेको हो ।

यसअघि पापडले प्रधानमन्त्री सुशील कोइरालालगायतका दलका नेताहरुलाई भेटेर दबाब दिएको थियो भने पुस ८ मा संविधानसभा अगाडि धर्ना कार्यक्रमसमेत सम्पन्न गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us