
काठमाण्डु, १२ पुस–दुई महिनाअघि लास गाडेको ठाउँ फेरी उधिन्छन् शंकर श्रेष्ठ । पुराना हाडखोर र कुहिन लागेका लासबाट आएको गन्धको प्रवाह नगरी नयाँ लास त्यसैमाथि खप्ट्याउँछन् ।
ठाउँ अभावमा महिला पुरुष र बच्चाको लास छुट्टाएर गाडन नपाउँदा उनको मन खिन्न हुन्छ । उनी बाध्य छन् सबैका लास एकै ठाउँमा खप्ट्याउन ।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम विभागतिर जाने गेटमा जाडिएको खिया लागेर ठाउँठाउँमा प्वाल परेको कलो फलामको गेटभित्र करिब आधा रोपनी जग्गामा शंकरले यस वर्षमात्र १ सय ६० वटा बेवारिसे शव गाडे ।
अन्नपूर्णपोस्ट दैनिकबाट