
भारत, १२ पुस– बलिउडमा प्रेम सम्बन्ध रहेका तर अविवाहित प्रेमजोडीको कुरा गर्दा रणवीर कपुर र कट्रिना कैफको सधैं चर्चा हुन्छ ।
पछिल्लो समय लिभिङ टुगेदर सुरु गरेको भनिएको यो जोडीले रोमान्सका लागि कुनै कसर बाँकी राख्दैन । कहिले समुन्द्री किनारमा अर्धनग्न अवस्थामा बिन्दास भएर रमाउने त कहिले विवाह नभई हमिनुन कटेज पुग्ने यो जोडीले नयाँ वर्र्ष २०१५ लन्डनमा मनाउने भएको छ ।
चाँडै विवाह गर्ने चर्चा चलिरहेका बेला नयाँ वर्र्षको बहानामा यो जोडी लन्डन जानुलाई महत्वका साथ हेरिएको छ ।
कैट्रिनाको घर लन्डन हो । कैट्रिनाकी आमाले विवाहका लागि दबाब दिइरहेको र रणवीरलाई पनि भेटका लागि निम्त्याएका खबर सार्वजनिक भएका बेला यो जोडीको लन्डन यात्रा विशेष हुने बताइएको छ ।
अन्नपूर्णपोस्ट दैनिकबाट