काठमाण्डु, १२ पुस–लामो समय छायाँमा परेका कांग्रेस नेता खुमबहादुर खड्का अहिले फेरी चर्चामा छन् । भ्रष्टाचार अभियोगमा झन्डै डेढ वर्ष जेल बसेर फर्केपछि उनी कांग्रेसको मूलधारभन्दा अलि फरक हिन्दु राज्यको अभियन्ताका रुपमा सक्रिय छन् ।
पटक–पटक मन्त्री बनेका खड्कामाथि २०५४ सालमा एमाले विभाजनको आरोप पनि छ ।
जसलाई उनी हाकाहाकी स्वीकार गर्छन । ‘हो एमाले मैले फुटाएको हुँ’, नफुटाएको भए कांग्रेस अहिलेसम्म सकिइसक्थ्यो’, उनले भने । खड्काका अनुसार एमालेका तत्कालिन विद्रोही नेता वामदेव गौतम र कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाबीच सरकार र चुनावमा मिलेर जाने सहमति भएको थियो ।
‘तर, वामदेवजीहरु माथि ले ठूलो धोका भयो’, खड्का थकथक मान्छन् । त्यसमाथि एमाले फुटाएको भन्दै तत्कालिन अध्यक्ष मनमोहन अधिकारीले दिएको श्राप आफूलाई लागेको पनि उनी ठान्दछन् । ‘साच्चै मलाई पापै लाग्यो । नत्र अहिले मेरो रोल यस्तो हुन्न थियो होला ।म यसरी कोठमा थन्केर बस्ने हुन्थेँ र ?’
नयाँ पत्रिका दैनिकबाट