बाबुरामको उक्साहटमा विप्लवले पार्टी फुटाए:गजुरेल

काठमाण्डु टुडे २०७१ पुष ११ गते १४:३१ मा प्रकाशित

cp-dai_20140909024207काठमाण्डु, ११ पुस– नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एमाओवादी नेता बाबुराम भट्टराईको उक्साहटमा लागेर नेत्रविक्रम चन्द ‘विप्लव’ ले पार्टी विभाजन गराएको आरोप लगाएका छन् ।

राजधानीमा सुरु पार्टीको राष्ट्रिय भेलामा शुक्रबार उनले बाबुरामको डिजाइनमा विप्लवले पार्टी फुटाएको बताए ।

विप्लव बाबुरामको योजनामा अघि बढेकाले अबको वैचारिक लडाईं विप्लवसँग नभई बाबुरामसँग हुने उनको भनाइ थियो ।

‘विप्लवले बाबुरामको योजनामा पार्टी फुटाएका हुन्’, गजुरेलले भने, ‘अबको वैचारिक लडार्इं विप्लवसँग होइन, बाबुरामसँग हुन्छ ।’

पार्टी विभाजनपछि बाबुरामले विप्लवको समर्थन गरेको भन्दै उनले कोही पनि भ्रममा पर्न नहुने बताए । उनले विप्लवमाथि बाम खोल ओढेको दक्षिणपन्थी संशोधनवादीको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us