विप्लवले मन्त्री खान पार्टी फुटाएको वैद्यको आरोप

काठमाण्डु टुडे २०७१ पुष ११ गते १४:२१ मा प्रकाशित

mohan baidhya 2काठमाण्डु, ११ पुस– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले नेक्रविक्रम चन्द ‘विप्लव’ ले प्रतिक्रियावादी सत्तामा मन्त्री खान पार्टी फुटाएको आरोप लगाएका छन् ।

राजधानीमा शुक्रबार सुरु राष्ट्रिय कार्यकर्ता भेलामा उनले अहिलेको अवस्थामा प्रतिक्रियावादी वर्गसँग सत्ता साझेदारीको कुरा उठाउनु आत्मसमर्पण भएको बताए ।

‘सत्ता साझेदारीको कुरा उठाएर प्रतिक्रियावादी सत्तामा भागबण्डा खोज्नु विप्लवको तुच्छ लाइन हो’, वैद्यले भने, ‘पार्टीसँग सेना र सत्ता नभएको स्थितिमा सत्ता साझेदारी गर्छु भन्नु आत्मसमर्पण हो ।’

उनले जनविद्रोह र जनयुद्ध दुवै नगर्ने भए किन पार्टी फुटाएको भन्दै प्रश्न गरे । वैद्यले विप्लवमाथि बाम खोल ओढेको नांगो दक्षिणपन्थीको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us