
काठमाण्डु, ११ पुस–एमालेले पार्टी स्थायी कमिटीमा थप ५ जनालार्इ मनोनित गरेको छ ।
मुख्यालय बल्खुमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले उनीहरुलार्इ मनोनयन गर्ने निर्णय गरेको हो ।
स्थायी कमिटीमा थपिएकामा ओली पक्षका शंकर पोखरेल, छविलाल विश्वकर्मा र सत्यनारायण मण्डल तथा बामदेव गौतम पक्षका किरण गुरुङ छन् ।
विस्तारसँगै एमाले स्थायी कमिटी अब २३ सदस्यीय भएको छ । यसअघि माधवकुमार नेपाल र मुकुन्द न्यौपाने स्थायी समितिमा थपिएका थिए ।
लामो समयको विवादपछि अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपालबीच सहमति भएपछि महाधिवेशन सकिएको लामो समयपछि भागबण्डाका आधारमा पोलिट्ब्युरो र स्थायी कमिटीले पूर्णता पाएको हो ।