यौन व्यवसायमा संलग्न छ जना पक्राउ

काठमाण्डु टुडे २०७१ पुष ११ गते १३:१५ मा प्रकाशित

झापा, ११ पुस–इलाका प्रहरी कार्यालय विर्तामोड झापाले यौन व्यवसायमा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित छजनालाई  पक्राउ गरेको छ ।

1258997459_top-10-reasons-sex-makes-men-healthier_flash (1)

पक्राउ पर्नेमा सिक्किम होटलका सञ्चालक सन्तोष गजमेरसहित छ जनालाई इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतको नेतृत्वमा गएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुलाई युनिक र सिक्किम होटलबाट आपत्तीजनक अवस्थामा पक्राउ गरिएको बताइएको छ ।

केही दिनदेखि चितवन, काठमाडौँ, धरान र पोखराबाट ती होटलमा २०÷२२ वर्षका केटी राखेर गजमेरले यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी छ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक राउतले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us