ओबामाद्वारा नेटो सैनिकको प्रशंसा

काठमाण्डु टुडे २०७१ पुष ११ गते १२:४९ मा प्रकाशित

अमेरिका, ११ पुस– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानमा कार्यरत नेटो सैनिकले अफगानिस्तानमा शान्तिका लागि निकै ठूलो योगदान पुर्याएको बताएका छन् ।

barak obama
उनले भने, ‘आफ्नो ज्युज्यानको समेत प्रवाह नगरी नेटो सैनिकले अफगानिस्तानमा पु्र्याएको योगदान सराहनीय छ ।’
ओबामा क्रिश्मसको छुट्टी मनाउन हवाई पुगेका थिए । त्यहीँबाट दिएको क्रिश्मस र नयाँ वर्षको शुभकामना सन्देशमा उनले सो अभिव्यक्ति दिएका हुन् ।

नेटो सैनिकले अफगानिस्तान मिसन सकेर आ–आफ्नो देश फर्किने प्रयास गरिरहँदा उनले सो धारणा राखेका हुन् । नेटो सैनिक यसैवर्षको अन्त्यसम्ममा स्वदेश फर्किँदैछन् ।

वार्षिक विदा मनाउन त्यहाँ पुगेका राष्ट्रपति ओबामाले बिहीबार बिहान आफ्ना परिवारसँग शुभकामना आदानप्रदानका साथै उपहार बाँडेका छन् ।

त्यसपछि उनले बिहीबारै हवालीमा रहेको अमेरिकी नौसैनिक क्याम्पको निरीक्षण गरेका थिए । सोही क्रममा नेटो सैनिकलाई उनले अफगानिस्तानमा ठूलो योगदान गरेको भन्दै प्रशंसा गरेका हुन् ।
रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us