
महोत्तरी, ११ पुस–नेपाली काँग्रेस र नेकपा एमालेले कृत्रिम विवाद सिर्जना गरी माघ ८ गते संविधान नबनाउने षडयन्त्र गरिरहेको सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आरोप लगाएका छन् ।
सो पार्टीको महासमितिको पूर्व तयारीका लागि महोत्तरीको जलेश्वर आएका अध्यक्ष झाले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै काँग्रेस र एमालेले दुई तिहाइको बहुमतमा संविधान ल्याए त्यो आफूहरुलाई मान्य नहुने र त्यसको गम्भीर परिणाम सरकारले नै भोग्नुपर्ने चेतावनी दिए । रासस