आसारामविरुद्ध बलात्कार मुद्दा दिने महिला एक सातादेखि बेपत्ता

काठमाण्डु टुडे २०७१ पुष ११ गते ५:०२ मा प्रकाशित

 

एजेन्सी– आसाराम बापूका नामले चिनिने भारतीय धर्म गुरुमाथि बलात्कारको आरोप लगाउने एक विवाहित महिला पछिल्लो एक हप्ता देखि बेपत्ता छिन् ।

घटनाको अनुसन्धान गरि रहेको प्रहरीले ती महिला सहित उनका छोरा र श्रीमान पनि बेपत्ता भएको बताएका छन् । ती महिलाले एक बर्ष अघि आसाराम बापूले बलात्कार गरेको भन्दै प्रहरीमा मुद्धा दर्ता गराएकी थिइन ।

महिलाले प्रहरीमा दर्ता गराएको मुद्धामा आसाराम बापूले आफुलाई सन् १९९७ देखि २००६ सम्म अहमदाबादको बाहिरी क्षेत्रको एक आश्रममा उनी माथि बलात्कार गरेको आरोप लगाएकी थिइन ।

पिडितकी सानी बहिनीले यस अघि नै आसारामका छोरा नारायण साईमाथि २००२ देखि २००५ को बीचमा कयौं पटक बलात्कारको मुद्धा दर्ता गराइ सकेकी थिइन ।

गुजरात राज्यको सूरतका प्रहरी अधिकारी प्रदीप शेजुलले बीबीसीलाई भने, ‘आसारामलाई बलात्कारको आरोप दर्ता गराउने पिडित महिला एक हप्ता भन्दा अघि देखि आफ्ना पति र बच्चा सहित बेपत्ता छन् ।’

Asaram

उनले पिडित महिलाको सुरक्षाका लागि चार कांस्टेवल न्युक्त गरेका पनि बताए । १४ दिसम्बरमा पिडित महिलाले आफुहरु परिवार सहित अमरोली इलाकामा हुने विवाह कार्यक्रममा सहभागी हुने भएकाले उनीहरुलाई प्रहरीको आवश्यकता नभएको भन्दै प्रहरीलान नपर्ने बताएको केही समय पछि बेपत्ता भएकी हुन् ।

उनीहरु विवाह कार्यक्रममा जाँदा प्रहरीका कांस्टेवलहरु उनको घरमै तैनात थिए तर विवाह समारोहमा सामेल हुन गएको परिवारका कुनै पनि सदस्यको प्रहरीसँग सम्पर्क हुन सकेको छैन् । घटनाको अनुसन्धान गरि रहेको प्रहरीले आफुहरुले यसलाई गम्भिरता पूर्वक हेरेको बताए ।

प्रहरीका अनुसार सुरक्षामा तैनात गरिएका प्रहरीले नै उनीहरुको बेपत्ताको मुद्धा दर्ता गरेका छन् । प्रहरीले यतीबेला उनीहरुको फोन स्विच अफ भएकाले उनीहरुको परिवारका आफन्तसँग सोधपुछ तथा फोन रेकर्डको जाँच भैरहेको बताएको छ ।

Asaram2

‘उनको फोन स्विच अफ छ त्यसैले हामीले उनको मोबाइल फोनको रेकर्ड जाँच गरि रहेका छौं साथै उनका आफन्तहरुसँग सोधखोज गर्दै उनको खोजी गरि रहेका छौं’, घटनाको अनुसन्धान गरि रहेका प्रहरी अधिकारी शेजुलले भने ।

प्रहरी अधिकारी शेजुलले बताए अनुसार ती महिला बेपत्ता भएको कयौं घण्टापछि गुजरातको राजधानी गान्धीनगरको एक अदालतमा निवेदन दिएर सीआरपीसीको धारा १६४ अनुसार आफुले बयान फेर्न चाहेको बताएकी थिइन, तर अदालतले सोमबार पिडित महिलाको निवेदन खारेज गरि दिएको छ ।

गुजरात प्रहरीले यसै बर्ष जनवरीमा आसाराम बापूका खिलाफ अदालतमा आरोप पत्र दाखिल गरेका थिए । आसाराम बापू हाल बलात्कारको एक अन्य मुद्धामा राजस्थानको जोधपुर जेलमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us