दुर्घटनामा तीनको मृत्यु, एक घाइते

काठमाण्डु टुडे २०७१ पुष १० गते ११:४१ मा प्रकाशित

काठमाण्डु, १० पुस– बाराको गढीमाई नगरपालिका–१६ स्थित पूर्व–पश्चिम राजमार्गमा ना.४ ख ३१० नम्बरको बसले बुधबार राति ना.१२ प २१५० नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ वीरगंज घर भएका मोटरसाइकल चालक रवीन्द्र गुप्ता र सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको छ ।
त्यसैगरी गोरखा जिल्ला थुमी–५ आखेटारी भिर भन्ने स्थानमा लु.२ त ७७५६ नम्बरको ट्याक्टर बुधबार १ सय मिटर तल खस्दा २७ बर्षीय हरि परियारको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा गुम्दा–८ का १५ बर्षीय दिवराज परियारको खुट्टा भाँचिएको छ । उनलाई थप उपचारका अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us