एमाले उपाध्यक्षले नै घोषणा गरे– माघ ८ मा संविधान आउँदैन !

काठमाण्डु टुडे २०७१ पुष १० गते ११:२२ मा प्रकाशित

काठमाडौ, १० पुस– एमाले उपाध्यक्ष भीम रावलले यथास्थितिमा माघ ८ भित्रै संविधान जारी हुन नसक्ने बताएका छन् । उनले संविधानपछि मात्रै सरकारको नेतृत्वबारे कांग्रेससँग छलफल गर्ने दाबी गरे ।

bhim-rawal
राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले अहिले नै सरकार परिवर्तन गर्ने बेला नभएको टिप्पणी गरे । सोही कार्यक्रममा कांग्रेस नेता प्रकाशशरण महतले भने सत्ता समीकरणमा कुरा नमिलेको धारणा व्यक्त गरे ।
सत्तापक्षीय दलहरुले बहुमतबाटै पनि संविधान जारी गर्ने बताइरहेकै बेला एमाले उपाध्यक्षले संविधान नआउने ठोकुवा गरेका हुन् । उनले भने, ‘यो समय भनेको कसरी हुन्छ सबै दल एक ठाउँमा बसेर सहमित कायम गरि यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ ।’
उनले एमाले माघ ८ भित्रै संविधानजारी गर्ने पक्षमा भएपनि पूर्वनिर्धारित मितिमा संविधान जारी गर्ने सम्भावना टरेको स्पष्ट पारे ।
रावलले अहिले नै संविधानमा आफ्नो कुरा परेन भनेर आत्तिहाल्नु नपर्ने बताए । उनले भने, ‘एक पटक संविधान बनिसके पछि फेरि दुई तिहाई बहुमत पु¥याएर संविधान संशोधन गरे भइहाल्छ ।’
कांग्रेस नेता प्रकाशशरण महतले दलहरुबीच सत्ता समीकरणबाहेक सबै कुरा मिलिसकेको स्पष्ट पार्दै अहिलेको विवाद संविधान जारी गरेपछि कसको कुन हैसियत हुने, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री को बन्ने भन्ने विवाद भएको बताए ।
उनले जनतालाई संविधानको अन्र्तबस्तुमा विवाद भनेर गुमराहमा नपार्न आग्रहगर्दै सबैलाई गंभिर हुनआह्वान गरे । माघ ८ गते कुनै पनि हालतमा संविधान आउन नसक्ने र मस्यौदा मात्रै ल्याउन सके पनि ठूलो विजय हुने भन्दै अहिलेको आन्दोलनको घोषणा पनि सत्ताकै झगडाको उपज भएको दावी गरे ।
उनले प्रधानमन्त्री सुशील कोइरालाकै नेतृत्वमा सहमतिको सरकार बनाउन समेत आफुहरु तयार भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us