दुई वर्षअघि ज्यान गुमाएकाका परिवालाई राहत खोई ?

काठमाण्डु टुडे २०७१ पुष १० गते १०:४८ मा प्रकाशित

नवलपरासी, १० पुस–दुई वर्षअघि दुर्घटनामा ज्यान गुमाएका चारजनाको परिवारले अहिलेसम्म राहत पाएका छैनन् ।

दुई वर्षअघि नवलपरासीको सुनवलमा सडक दुर्घटनामा ज्यान गुमाएका चारजनाका परिवारलाई बिमा कम्पनी रकम निकासा नगर्दा राहत नपाएका हुन् ।

बस र टिप्पर दुर्घटना हुँदा बसमा सवार यात्रु सारु विक, अनन्तप्रसाद अधिकारी र टिप्परका चालक कृष्णप्रसाद पाठक र नाम नखुलेका अर्का सहचालकका परिवारले राहत पाएका छैनन् ।

कागजात नपुगेको भन्दै काठमाण्डुको एभरेस्ट बिमा कम्पनीले राहत रकम उपलब्ध नगराएपछि आफन्तलाई दिन नपाएको जिल्ला प्रशासन कार्यालयका मुद्दा फाँटका कर्मचारी हिमाल गौतमले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us