
काठमाण्डु, ९ पुस- क्रिस्चियन समुदायको महत्वपूर्ण पर्व क्रिसमसको पूर्व सन्ध्यामा शान्ति र सद्भावका लागि बुधबार मोटरसाइकल र्यालीको आयोजना गरिएको छ ।
तीनकुनेबाट सुरु भएको र्याली शान्तिनगर, मीनभवन, नयााबानेश्वर, बबरमहल, माइतीघर हुादै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको हो । र्यालीको आयोजना राष्ट्रिय क्रीष्टियन महासङ्घ, नेपालले गरेको हो ।
र्यालीको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उत्पीडित जाति, समुदाय, वर्ग र क्षेत्रलगायत सम्पूर्ण समुदायको अधिकार सुनिश्चित गरी निर्धारित समय माघ ८ मा नै संविधान जारी हुने बताए ।
सोही अवसरमा महासङ्घका महासचिव सिवी गहतराजले बहुमतीय आधारमा भन्दा पनि सहमतिको आधारमा जतिसक्दो चाडो जनताको चाहनाअनुरुपको संविधान जारी गर्न आग्रह गरे । रासस