
महोत्तरी, ८ पुस–बढ्दै गरेको चिसोको कारण मङ्गलबार महोत्तरीको सिस्वाकटैया गाविसमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिस्वाकटैया गाविस ४ बस्ने ५५ वर्षीया जोहरा खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महिला खातुनको मृत्युसँगै जाडोबाट यस वर्ष महोत्तरीमा मर्नेको सङ्ख्या तीन पुगेको छ । प्रहरीका अनुसार लगातारको चिसो छल्न पोसिलो खानाको जोहो हुन नसक्दा र न्यानो लुगाफाटाको अभावमा उनीहरूको कठ्याङ्ग्रिएर मृत्यु हुने गरेको छ । रासस