मिश्रिलालको घरबाट १० लाख चोरी

काठमाण्डु टुडे २०७१ पुष ९ गते ४:१२ मा प्रकाशित

राजविराज, ९ पुस– सप्तरीको खोक्सार प्रवाह–४ का मिश्रीलाल यादवको घरबाट रु १० लाख मूल्य बराबरको सामान मङ्गलबार साँझ चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मिश्रीलालको घरबाट नगद रु दुई लाख ७५ हजारसहित सुन, चाँदी अन्य गरी रु १० लाख बराबरको धनमाली चोरी भएको छ ।

सो चोरीको घटनामा सप्तरी बनौला–१ बस्ने २२ वर्षीय श्रवण मरिक, ३२ वर्षीय शान्ति मरिक र शम्भुनाथ–५ बस्ने ३० वर्षीय उपेन्द्र मरिकलाई चोरी गरेको आरोपमा पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाका घरबाट चोरी भएका सामान पनि फेला परेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us