प्रचण्ड मोर्चाले किन गर्दैछ पत्रकार सम्मेलन ?

काठमाण्डु टुडे २०७१ पुष ९ गते ३:१६ मा प्रकाशित

काठमाण्डु, ९ पुस– एकीकृत माओवादी नेतृत्वको ३० दलीय गठबन्धनले पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

prachanda

गठबन्धनले आज दिउँसो ३ बजे एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

कांग्रेस–एमाले संविधानसभाको गणितबाट संविधान बनाउन उद्दत रहेको भन्दै संविधानसभाभित्रका १९ र बाहिरका ११ दलले आइतबार गठबन्धन घोषणा गर्दै आमहड्तालसहितका आन्दोलनका कार्यक्रम तय गरेका थिए ।

विभिन्न समयमा भएका सहमति र प्रतिवद्धताविपरीत सत्तारुढ दलहरुले बहुमतको आडमा संविधान निर्माण गरे मुलुक अकल्पनीय दुर्घटनामा फस्ने मोर्चाको चेतावनी छ ।

कांग्रेस–एमालेले भने सहमतिको सम्भावना बाँकी नै रहेका बेला हतारमा आन्दोलन घोषणा गरिएको भन्दै फिर्ता लिन आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us