उपत्यकाका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू हुने

काठमाण्डु टुडे २०७१ पुष ९ गते २:३५ मा प्रकाशित

काठमाण्डु, ९ पुस–त्रिभुवन विश्वविद्यालयले उपत्यकाका स्नातकोत्तर तह पढाइ हुने आंगिक तथा सम्बन्धन प्राप्त सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने भएको छ ।

tu

त्रिविले स्नातकोत्तर तहमा गत वर्षदेखि सेमेस्टर प्रणालीमा पढाइ सुरु गर्ने निर्णय गरे पनि केन्द्रीय क्याम्पस कीर्तिपुरमा रहेका केन्द्रीय विभागमा मात्र लागू गरेको थियो । कीर्तिपुरसँगै प्रदर्शनीमार्गमा रहेको रत्नराज्यल्क्ष्मी क्याम्पसमा केन्द्रीय विभाग रहेको आमसञ्चार केन्द्रीय विभागले पनि सेमेस्टरमा पढाइ सुरु गरेको थियो ।

कीर्तिपुर बाहेकका क्याम्पसमा पनि सेमेस्टर प्रणाली लागू गर्न भर्ना र पढाइ सञ्चालन कार्यतालिका सार्वजनिक गरिसकिएको त्रिविले जनाएको छ ।
उपत्यकका सबै क्याम्पसमा सेमेस्टर लागू गर्न भनिए पनि यस वर्ष मानविकी संकायअन्तर्गतका सम्बन्धन प्राप्त कलेजहरुलाई अनिवार्य गरिएको छैन ।

अननपूर्णपोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us