चीनको बजारमा नक्कली कन्डम…

काठमाण्डु टुडे २०७१ पुष ८ गते ९:५४ मा प्रकाशित

एजेन्सी–चीनका बजारहरुमा नक्कली कन्डम देखा पर्न थालेका छन् । बजारमा नक्कली कण्डम देखिन थालेपछि चीनीया अधिकारीहरु चिन्तित हुन थालेका छन् ।

images
कैयोँ चीनीया कन्डम निर्माता कंपनिहरुले सस्तो मूल्यमा अनलाइन स्टोरमा कन्डम बेचिरहेको खुल्न आएको छ । चीनीया अनलाइन बेइजिङ न्यूजका अनुसार कतिपय व्यापारीहरुले अनलाइनबाट सस्तो मूल्यमा कन्डम खरिद गरि बजारमा महंगो मूलयमा बेचिरहेका छन् ।
अनलाइनका अनुसार जनतालाई नक्कली र सक्कली कन्डम छुट्याउन गाह्रो भइरहेको छ । जसका कारण उनीहरु असुरक्षित कन्डम खरिद गर्न बाध्य भएका छन् ।
चीनमा यसअघि नै कम गुणस्तरको कन्डम बेचेकोमा केहिलाई कारबाहि गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us